काठमाडौं– जलविद्युत कम्पनीले लगानीकर्तालाई झुक्याउने क्रम फेरि दोहोरिएपछि पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


दोर्दी खोला जलविद्युत कम्पनीले केही दिन अघि सेयर निष्काशनको लागि सार्वजनिक सुचना नै जारी गऱ्यो । जसमा सेयर खरिद गर्न सक्ने जानकारी सर्वसाधारणलाई गराइएको थियो ।


ADVERTISEMENT

# # #


जब की कुनै संगठित सास्थाले सेयर निष्काशन गर्न चाहन्छ भने धितोपत्र ऐन २०६३ को दफा २७ बमोजिम सर्वप्रथम बोर्डमा दर्ता गर्नुपर्छ । प्रचलित कानुन नै पुरा नगरी सेयर निष्काशन गर्न खोजेको दोर्दीको वास्तविकता थाहा पाएपछि बोर्डले सचेत गराएको छ ।

गैर कानुनी ढङ्गबाट निष्काशन गरिने आइपिओमा लगानीकर्ताको जोखिम निकै उच्च हुने भएकाले त्यस्ता कम्पनीको बास्तविकता नबुझी लगानी नगर्न पनि बोर्डको भनेको छ ।

दोर्दी खोलाको घटना पहिलो भने होइन । बोर्डका सहायक प्रवक्ता रिञ्जय घिमिरेका अनुसार यस अघि पनि ८६ मेगावाटको सोलु खोला (दुधकोसी) आयोजनाको मुख्य लगानीकर्ता साहस उर्जा लिमिटेडले कानुन विपरीत सर्वसाधारणलाई सेयरका लागि आव्हान गरेको थियो । यस्तै युनिभर्सल पावर कम्पनीले पनि बोर्डमा आवेदन नै नदिई सेयर निष्काशनको सूचना प्रकाशित गरेको थियो ।

अहिले युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेका छ ।