काठमाडौँ — प्रधानसेनापति राजेन्द्र क्षत्री साताव्यापी भ्रमणको क्रममा अफ्रिकी मुलुक कंगो र दक्षिण सुडान प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


उनी संयुक्त राष्ट्रसंघको आह्वानमा कंगो र दक्षिण सुडान स्थित नेपाली शान्ति सेना तैनाथ मिशनको निरीक्षण गर्न त्यसतर्फ लागेका हुन् । प्रधानसेनापति क्षत्री सोमबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनले कंगोमा आफ्नो निरीक्षण भ्रमण गरेपछि शुक्रबार दक्षिण सुडान पुग्ने कार्यक्रम तय भएको पनि सेनाले जनाएको छ । कान्छो मुलुक दक्षिण सुडानमा सबभन्दा धेरै नेपाली सेना त्यहाँ शान्ति स्थापनाका लागि तैनाथ छन ।

दक्षिण सुडान सरकारले नेपाली शान्ति सेनासँग त्यसतर्फ जाने पर्यवेक्षक टोलीलाई भने मुलुक प्रवेशमा अवरोध गर्ने गरेको छ । यस विषयमा पनि सेनाले त्यहाँको उच्च अधिकारीसँग छलफल गर्ने भएको सैन्य स्रोतले बतायो ।