काठमाडौं– काठमाडौं महानगरपालिका–१४ कुलेश्वर स्थित अजय शाहको घरमा जुवा खेल्दै गरेको ७ महिला सहित १७ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा काभ्रेका सुर्यनारायण श्रेष्ठ, प्रकाश तामाङ, झापाका नवराज सुवेदी, दोलखाका सोनम शेर्पा, काभ्रेका धनदाश तामाङ, रामेछापका कर्मा लामा, काभ्रेका समिर तामाङ, दोलखाका माधव कार्की, मकवानपुरका बुद्ध बहादुर बल, दोलखाकै विदुर फुयाल, मकवानपुरका बविता पुडासैनी, धनकुटाकी कविता तामाङ, नुवाकोटकी मिरा गुरुङ, सिन्धुपाल्चोककी लक्ष्मी गुरुङ, रामेछापकी रिना तामाङ, सिराहाकी सलिना गौतम र सुनसरीकी ममता लिम्बु रहेका छन् ।


ADVERTISEMENT

# # #


पक्राउ परेकाहरुको साथबाट १ लाख ७६ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।