काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आइपरेको खण्डमा क्यानको नेतृत्व लिन पनि आफू सक्षम रहेको बताएका छन् । नेपाल टेलिभिजनको कार्यक्रम ‘ह्वाइट एङ्गल’का प्रस्तोता शालिक सुवेदीसंग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT


खेल जीवनपछि नेपाल क्रिकेटको प्रशासनिक क्षेत्रमा पारस खड्का फिट हुन्छ कि हुँदैन भनेर प्रस्तोता सुवेदीले सोधेको प्रश्नमा उनले भने, ‘जति सक्दो म खेल्न चाहान्छु । त्यसका लागि प्रदर्शन पनि गर्न जरुरी छ । खेलपछि प्रशासनिक क्षेत्रमा गएर नेपाली क्रिकेटलाई अगाडि बढाउने सोच त अवश्य छ । नेतृत्व लिन सक्षम हुन्छु जस्तो लाग्छ ।’


ADVERTISEMENT

# # #


क्रिकेट एसोशियसन अफ नेपाल(क्यान)को निलम्बन फुकुवा गर्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बेला आएको उनले बताए । यस्तै कप्तान पारसले एकदिवसीय मान्यता पाउनु धेरै वषदेखिको मेहनेतको फल भएको भन्दै यसलाई टिकाइराख्न प्रशासनिक निकाय फुकुवा हुनुका साथै खेलाडीले पनि अझ राम्रो गर्नुपर्ने बताए ।

खेलाडीहरुको क्षमता विकास गर्नका लागि बढीभन्दा बढी खेल खेल्न आवश्यक रहेको भन्दै कप्तान पारसले नयाँ खेलाडी उत्पादनका लागि घरेलु संरचनाको निर्माण गर्नुपर्ने उल्लेख गरे ।

भिडियो हेर्नुस्