काठमाडौं–झापाको दमक नगरपालिका ५ दमक चोकमा गुडिरहेकको बसको चक्का लागेर एक जना पैदलयात्रुको मृत्यु भएको छ ।


ADVERTISEMENT


आइतबार बिहान दमक चोकस्थित सडकमा गुडिरहेको मे १ ख ५४३६ नम्बरको बसको चक्का लागेर स्थानीय ७१ वर्षिया हरिमाया पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा हिँड्दै गरेकी पाण्डेलाई बसको चक्का फुस्किएर लागेको थियो ।


ADVERTISEMENT

# # #


बसको चक्का लागेर गम्भीर घाइते भएकी पाण्डेको उपचारका क्रममा लाईफ लाईन अस्पताल झापामा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।