काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली २३ गते भारत भ्रमणमा जाने भएका छन् ।


ADVERTISEMENT


नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् ।


ADVERTISEMENT

# # #


भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय सार्वजनिक गरिएको छैन ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् ।