काठमाडौं– नेपाली सेनाका भूतपूर्व उपरथी विनोज बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७२ फागुन २३ गते उजुरी परेको थियो । नागरिकता किर्ते लगायतका आरोप लगाएर उनिमाथि परेको उजुरी उपर छानबिन शुरु भएको अख्तियारका एक अधिकृतले जानकारी दिएका छन् ।


ADVERTISEMENT


बस्नेतबिरुद्ध परेको उजुरीपत्र अनुसार नेपाली सेनामा २०३६ सालमा सिपाहीमा भर्ना हुँदा १८ बर्षको उमेर भएको र २०३८ सालमा उनको उमेर १८ बर्ष भनेर अधिकृतमा प्रवेश गरेको आरोप लगाइएको छ । बेलायतमा क्याडेट तालिम गरेका बस्नेतले त्यहाँ प्राप्त गरेको सर्टिफिकेटलाई आई।ए पासको मान्यता दिलाउन समेत लभिङ गरेर सफल भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


‘बस्नेतले जाली सर्टिफिकेट पेश गरेर आईएनै पास नगरी अधिकृत क्याडेटमा फारम भरेका थिए’ उनीबिरुद्ध आयोगमा दर्ता भएको उजुरीमा भनिएको छ, ‘राजदरबारमा एडिसी बसेर सबै किर्ते काम कार्बाही लुकाउन सफल भएता पनि २०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा उनको किर्ते प्रकरण बाहिरिएको थियो ।’

निजले किर्ते गरेको सर्टिफिकेट तथा फरक–फरक जन्म मिति भएको नागरिकता बारे छानविन शुरु भएसँगै आयोगले बस्नेतको नेपाली सेनामा जागिर खाँदा पेश भएको कागजात रक्षा मन्त्रालयमार्फत मागेको अख्तियार स्रोतले दाबी गरेको छ ।