काठमाडौं– ‘सम्झना’ फिल्मको गित पाईरेसी गरेको अभियोगमा ‘कृ’ पिल्मका निर्माता सुवास गिरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


काठमाडौं–१० बानेश्वर बस्ने सम्भु प्रधानले २०४३ सालमा निर्माण गरेको चलचित्र संझनामाको ‘उकालीमा अघिअघी ओरालीमा पछि पछि….’ बोलको गित ‘कृ’ फिल्ममा बिना अनुमति प्रयोग गरेको अभियोगमा गिरीलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘गिरीलाई प्रतिलिपी अधिकार ऐन २०५९ को दफा २५ अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गर्छौ’ डिएसपी थापाले भने, ‘बिना अनुमति अर्काले आर्जित गरेको प्रतिष्ठाको फाईदा उठाउने नियतले त्यस्तो रचनाको अनुकरण गरी विज्ञापन वा प्रचार प्रसार गरेमा प्रतिलिपि अधिकार उल्लंघन भएको मानिने छ ।’


प्रतिलिपि ऐनको दफा अनुसार पाइरेसीमा संलग्नलाई १० हजार देखि एक लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय हुने कानुनी ब्यवस्था छ ।