काठमाडौं–राष्ट्रपति विद्या भण्डारीको सपथ बैधानिकतामाथि सर्वोच्च अदालतमा बहस गर्ने बाटो खुलेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पदमुक्त भइसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको सपथ बदरको माग गर्दै परेको रिट दरपीठ बदर गरेको हो ।


ADVERTISEMENT


पराजुलीले २१ साउनमै अवकास पाएको देखिएको र न्याय परिषदले पत्रचार गरिसकेको अवस्थामा सपथको बैधता संवेदनशील प्रश्न भएको इजलासले बताएको छ । ‘यस विषयलाई न्यायिक सुनुवाईमा प्रवेश हुन नदिनु उचित हुँदैन’ आदेशमा भनिएको छ ।


ADVERTISEMENT

# # #


इजलासले कानुनी आधार तथा उचित र पर्याप्त कारण नखुलाई निवेदन दरपीठ गर्ने आदेश भएको भन्दै आदेशमा भनिएको छ, अन्य कुराको रीत पुगेको भए निवेदन दर्ता गरी अरु नियमानूसार गर्नू ।’