काठमाडौं– एनएमबी बैंक लिमिटेडले बिश्व बैंकको सदस्य संस्था इन्टरनेश्नल फाइनान्स कर्पोरेशन (आइएफसी) सँग ऋण सम्झैता गरेको छ ।


ADVERTISEMENT


बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झैतापत्र हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैकबाट स्वीकृति भएपछि मात्र यस ऋण सम्झैताले मूर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झैताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझैला ब्यावसाय र कृषि क्षेत्रमा लगानी गर्ने बैकको दाबी छ