काठमाडौं–अनपेक्षित रुपमा बेइजिङ आएका उत्तर कोरियाका उच्च अधिकारी सर्वोच्च नेता किम जोङ उन हुनसक्ने अनुमान हुन थालेको छ ।


ADVERTISEMENT


उत्तर कोरियाका उच्च अधिकारी ट्रेनमार्फत बेइजिङ पुगेको खबर जापानी मिडियामा आएको थियो । दक्षिण कोरियाले उच्च अधिकारीको पहिचान नभएको बताएको छ तर, घटनाक्रमलाई होसियारीपूर्वक हेरिरहेको बताएको छ ।


ADVERTISEMENT

# # #


उत्तर कोरिया र चीनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यदि किम बेइजिङ पुगेको भए २०११ मा पद सम्हालेयताकै पहिलो विदेश भ्रमण हुनेछ ।

गत पहिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनपेक्षित रुपमा किमलाई भेट्ने प्रस्ताव स्वीकार गरेका थिए ।