काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजकमा चेतन अधिकारी नियुक्त भएका छन् ।


ADVERTISEMENT


चार वर्षदेखि ओलीको सञ्चार संयोजन गर्दै आएका अधिकारीलाई प्रेस संयोजक नियुक्त गरिएको हो । उनी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक थिए । एमाले अध्यक्षसमेत रहेका ओलीको सञ्चार संयोजनको काम उनैले गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


झापाको दमक निवासी अधिकारी झण्डै दुई दशकदेखि मूलधारको पत्रकारितामा थिए । कान्तिपुरको दमक संवाददाता भएर १० वर्ष काम गरेका उनी न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य थिए ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सोमबारमात्रै कुन्दन अर्याल नियुक्त भएका थिए ।