काठमाडौं–महसंचारले निर्माण गरेको चलचित्र ‘शत्रु गते’ हेर्न नेकपा एमालेका पूर्व अध्यक्ष तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल हलमा पुगेका छन् । चलचित्र प्रदर्शनको चौथो दिन अर्थात सोमबार मध्यान्न उनी बागबजार स्थित सिटी म्याक्स हलमा पुगेका हुन् ।


ADVERTISEMENT


उनीसँगै चलचित्र हेर्न उनी सहित नेताहरु नेता भीम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ समेत पुगेका थिए । पुर्व प्रधानमन्त्री खनालले फिल्म हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको ब्यवस्था गरेको थियो । खनाल सहित अन्य नेताहरु चलचित्र हेर्न हलमा पुगेको थाहा पाएपछि चलचित्रका कलाकार हरिवंश आचार्य, किरण केसी, दीपक राज गिरी, दीपाश्री निरौला र निर्देशक प्रदीप भट्टराई पनि सिटीम्याक्स हल पुगेका थिए ।


ADVERTISEMENT

# # #


सोमबार नै फिल्म ’राम कहानी’ युनिटले पनि फिल्म हेरेका छन् । निर्देशक सुदर्शन थापा सहित कलाकारहरु आकाश श्रेष्ठ , केदार घिमिरे ‘माग्ने बुढा’ र पुजा शर्मा फिल्म हेर्न पुगेका थिए । प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा दीपक दीपाको अलवा प्रियंका कार्की, शिवहरी पौडेल, मह लगायतका कलाकारको अभिनय रहेको छ । दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

–चलचित्र रमाइलो लागेको प्रतिक्रिया झलनाथ खनालले दिए । चलचित्र आधुनिक र हसाउन सफल बनेको बताएका खनालले चर्चा सुनेर हलसम्म आएको बताए ।
–आफुले चलचित्रका लागि छुट्याएको समय खेर नगएको भिम रावलले बताए । उनले भने ‘ मह जोडीको काम तारिफ योग्य छ ।’