इटहरी – नेपाली सेनाको पूर्वी पृतना इटहरी मातहत रहेको सबुज गणमा कार्यरत दुई जना सेना पोखरीमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।


ADVERTISEMENT


यद्यपि यसबारे सेनाले कुनै प्रतिक्रिया जनाएको छैन । सबुज गणमा लेस नायक ३० वर्षीय दोलखबहादुर चन्द र भरत विकको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।


ADVERTISEMENT

# # #


सोमबार राति उनीहरुको शव पोखरीमा फेला परेपछि पोष्टमार्टमका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।