काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान स्थल र मतदान केन्द्रको आज टुंगो निर्धारण गरेसंगै देशभर १० हजार ६ सय ४० मतदानस्थल रहने भएका छन् ।


ADVERTISEMENT


आयोगको आज बसेको बैठकले मुलुकभर ७ सय ४४ स्थानीय तहका लागि १० हजार ६ सय ४० मतदानस्थल र १८ हजार ५ सय ७२ मतदान केन्द्र बनाउने निर्णय गरेको आयोगका सुचना अधिकृत नारद गौतमले जानकारी दिए। स्थानीय तह निर्बाचन आउन २५ दिन बाँकी रहँदा आयोगले मतदान स्थल र केन्द्रको टुंगो लगाएको हो ।


ADVERTISEMENT

# # #


यसैबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको पर्यबेक्षण गर्न ४१ राष्ट्रिय संस्थालाई अनुमती दिएको छ । निर्वाचन पर्यबेक्षणका लागी आयोगले आह्वान गरेको समयभित्र ५५ संस्थाले निवेदन दिएका थिए । तीमध्ये ४१ संस्थालाई आयोगले निर्वाचन पर्यवेक्षणको अनुमती दिएको हो ।
यो निर्वाचनमा कुनै अन्तर्राष्ट्रिय पर्यबेक्षकलाई भने मान्यता नदिने आयोगले जनाएको छ ।

यद्यपी निर्वाचन आयोगले कुटनीतिक निकायका ब्यक्तिहरुको बिवरण संकलनका लागी परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ ।