सुर्खेत–सुर्खेतको वीरेन्द्रनगरमा ईट्टा भट्टामा काम गर्ने एक मजदुरको ज्यान गएको छ भने २ जना घाईते भएका छन् ।


ADVERTISEMENT


वीरेन्द्रनगर ९ मा रहेको सुर्य ईट्टा उद्योगमा ईट्टा निकाल्ने क्रममा ईट्टाको पहिलो दिवाल भत्केर पुरीदा भारतको बहराईज मटेरा कगरका ४२ वर्षीय सुकईलाल तेली शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


ADVERTISEMENT

# # #


मृतकका छोरा बल्लु शाह तेलीको र सोही ठाउँका मोहमद आयमदको खुट्टामा चोट लागि घाईते भएका छन् ।

घाईते दुवै जनालाई क्षेत्रीय अस्पताल सुर्खेतमा पठाईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।