काठमाडौं–शंकास्पद वस्तु भेटिएपछि धरान आइतबार बिहान केहीबेर त्रसित बन्यो ।


ADVERTISEMENT


धरान घण्टाघरको पछाडिपट्टि रहेको निकेतन स्कुल जाने बाटोको मुखैमा खतरा लेखेर राखिएको शंकास्पद वस्तुले भेटिएपछि त्यो क्षेत्र वरपर त्रास फैलिएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उक्त वस्तु बम नरहेको पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु बम नरहेको पुष्टि गरेपछि केहीबेर त्रसित बनेको धरान अहिले सामान्य अवस्थामा फर्किएको छ ।