काठमाडौं–त्रिपुरेश्वर देखि नागढुंगा सम्मको सडक संकटकाल लगाएरै भएपनि चाँडै पूरा गर्न स्थानीय र सरोकारवालाले माग गरेका छन् ।


ADVERTISEMENT


सडक निर्माणकार्य समयमै सम्पन्न नहुँदा, धुलोका कारण त्यस क्षेत्रका स्थानीय र यात्रुहरुले सास्ती भोग्नुपरेको भन्दै सरोकारवालाहरुले वर्षायाम अगाडी सडक निर्माण सम्पन्न गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


शनिबार स्थानीय प्रबुद्ध नागरीकहरुले गर्जुधारा चोकमा दवावमुलक कार्यक्रम गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । स्थानीयले ब्यानर र प्लेकार्डसहित उभिएर सरकारलाई सडक समयमै सम्पन्न गर्न दवाव दिएका थिए । सडक निर्माण थालेको लामो समयसम्म पनि सम्पन्न नहुँदा धुलोका कारण व्यापार व्यवसाय चौपट हुनुका साथै र स्वासप्रश्वासजन्य रोगका कारण धेरै जनता विरामी भएको स्थानीयको गुनासो छ ।

लामो सयमसम्म सडक नबनेपछि सरकारको ध्यानाकर्षण गराउनका लागि नेपाली जनता साझा मञ्च नामक नागरिक समाजका संयोजक विजय पौडेलको नेतृत्वमा अघिल्लो शनिबार देखि दवावमूलक प्रदर्शन शुरु गरेका छन् ।

सरकारले उक्त क्षेत्रको समस्यालाई सम्बोधन नगर्दासम्म दवावमूलक कार्यक्रम जारी रहने स्थानीयको भनाई छ ।