काठमाडौं–सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगाउने जर्सी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।


ADVERTISEMENT


यसका लागि दिल्ली डेयरडेभिल्सको टोली काठमाडौं आउँदैछ । सन्दिपले प्रधानमन्त्रीबाट जर्सी सार्वजनिक गर्ने तय भएको पुष्टि गरे । तर, समय भने यकिन भइसकेको छैन ।


ADVERTISEMENT

# # #


सन्दीप आईपीएल खेल्न मंगलबार दिल्ली जाने कार्यक्रम छ ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।