काठमाडौं–सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुरु हुने भएको छ ।


ADVERTISEMENT


सो परीक्षामा सहभागी हुनेहरुले बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्नेछन् । यो भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्धी तोकिएको छ ।


ADVERTISEMENT

# # #


परीक्षामा सहभागी हुन चाहनेहरुले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न पाउनेछन् ।

जसका कारण गत बर्ष पहिलोपटक सुरु हुनुभन्दा अघिका बर्षझैं फाराम भर्न रातभर लाइनमा बस्नुपर्नेछैन ।