काठमाडौं–ललितपुरको प्युटारमा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् । बागमती गाउँपालिकाकी बालिका सोमबार बिहान बलात्कृत भएकी हुन् । बालिकाको योनीबाट रगत बगिरहेको र उनको अवस्था सामान्य रहेको परिवारका सदस्यले बताएका छन् ।


ADVERTISEMENT


उनलाई स्वास्थ्य परीक्षणका लागि प्रहरीको सहयोगमा थापाथली अस्पतालमा पुर्याइएको छ । बिहान वनमा घाँस काट्न गएकी एक महिलाले अस्वभाविक रुपमा बालिका चिच्याइरहेको आवाज सुनेपछि पछ्याउँदै जाँदा बालिका बलात्कृत भइरहेको अवस्थामा भेटेको बताइएको छ ।


ADVERTISEMENT

# # #


ती महिलाले गाउँमा सबैलाई खबर गर्दा गाउँलेहरु भेला हुनु अघि नै अभियुक्त भागेका थिए । अभियुक्त फरार भएपछि प्रहरी चौकी आश्राङलाई खबर गर्दै गाउँलेहरुले खोजी कार्य तीव्र पारेका थिए ।

घटनालगत्तै फरार भएका सोही गाउँकै अन्दाजी २५ बर्षका कृष्णबहादुर बोम्जनलाई प्रहरी र गाउँलेले साँझ ५ बजे मकवानपुरको बक्कैया गाउँपालिका १० बाट पक्राउ समातेका छन् ।

पीडित बालिकाले आफूलाई चकलेट दिन्छु भन्दै घरनजिकैको जंगलमा लगेर जबरजस्ती गरेको बयान दिएको बागमती गाउँपालिकाका ४ का वडा अध्यक्ष नारायणबहादुर घलेले बताए ।–आजको नेपाल समाचारपत्रबाट