काठमाडौं– नेकपा क्रान्किारी माओवादीका महासचिव मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नजिकिँदै छन् ।


ADVERTISEMENT


एमाले–माओवादी केन्द्र गठबन्धन बनाई बलियो हुँदै गएपछि वैद्य र चन्द एकताका लागि नजिकिन थालेका हुन् । तत्कालीन मूल पार्टी एकीकृत माओवादीबाट २–३ असार ०६९ मा बौद्ध भेलापछि वैद्यले आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरेका थिए । प्रचण्डबाट छुट्टिएको दुई वर्षमै १५ मंसिर ०७१ मा वैद्यबाट अलग्गिएर चन्दले नेकपा माओवादी गठन गरेका थिए ।


ADVERTISEMENT

# # #


वैद्य यथास्थितिवादी र जडसूत्रवादी आरोप लगाउँदै राष्ट्रिय नाचघरबाट चन्दले नयाँ पार्टी घोषणा गरेका थिए । बहकाउमा लागेर क्रान्ति नहुने भन्दै वैद्यले विप्लवले केटाकेटीपन देखाएको बताएका थिए । वैद्य र चन्दबीच मात्र नभई एक वर्ष कार्यतकर्ता तहसम्म आरोप प्रत्यारोप चल्यो । तर पछिल्लो एक वर्षदेखि भने वैद्य–विप्लव एकताका लागि मिलनविन्दु खोज्न थालेका छन् ।

दुवै पार्टीले कार्यगत एकता र पार्टीका विभिन्न कार्यक्रम संयुक्त रूपमा गर्दै आएका छन् । क्रान्तिकारी शक्तिहरूसँग कार्यगत एकतासँगै ध्रुवीकरण गर्दै जाने नेताहरूले बताउने गरेका छन् । माओवादी केन्द्रले एमालेसँग एकता गर्ने भएपछि वैद्यविप्लवले ऊ सँगको सम्बन्द विच्छेद गरिसकेका छन् ।

एमाले र माओवादी केन्द्र विचार कार्यदिशा र सांगठनिक सबै दृष्टिकोणले कम्युनिष्ट नभएको दुवैको निष्कर्ष छ । दुईबीच पार्टी एकताका लागि छलफल भइरहेको त्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले बताए ।–आजको नयाँ पत्रिकाबाट