काठमाडौं–रामेछापको खाँडादेवी गाउँपालिका–६ पन्नेचौरमा गएराति आगोमा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।


ADVERTISEMENT


गएराति करिब साढे १० बजे स्थानीय तारा केसीको घरमा लागेको आगोमा परी उनका ४ वर्षीय छोरा बिपिन र २ वर्षीय छोरी रमिताको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसैबीच ताराले आफ्ना श्रीमान कान्छी श्रीमतीसँग बसेको रिसमा आफैंले घरभित्र छोराछोरी राखेर आगो लगाइदिएको बयान दिएकी छन् ।

घरमा आगो लगाएर भाग्दै गरेकी तारालाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।