काठमाडौं–फिफाले सन् २०१८ को रूस विश्वकपमा भिडियो सहायक रेफ्री (भिएआर) को प्रयोग गर्ने प्रस्ताव पारित गरेको छ । फिफा अध्यक्ष जियानी इनफान्टिनोको अध्यक्षतामा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकले भिएआरको प्रयोगलाई औपचारिक अनुमति दिएको हो ।


ADVERTISEMENT


‘हामी यो निर्णयबाट धेरै हर्षित छौं,’ इन्फान्टिनोले भने, ‘यो प्रविधिले निष्पक्ष र सही निर्णय दिन मद्दत पु¥याउँछ । हामीले प्रविधिलाई पनि सँगसँगै लिई अघि बढ्न सक्नुपर्छ ।’ ‘हामी रूस सरकारसँग पनि निरन्तर संवादमा छौं,’ रूस र ब्रिटेनबीच जारी राजनितिक संकटले विश्वकपमा असर पु¥याउँछ भन्ने प्रश्नमा इन्फान्टिनोले भने, ‘विश्वकपका लागि अब मात्र ३ महिनाको समय बाँकी छ । कुनै पनि हालतमा प्रतियोगिता प्रभावित हुँदैन ।’


ADVERTISEMENT

# # #


दुई साताअघि अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) को ज्युरिचमा बसेको बैठकले सन् २०१८ को रूस विश्वकपमा भिएआर प्रविधिको प्रयोगका लागि स्वीकृति दिएको थियो ।

यसै सिजनबाट बुन्डेसलिगा, इटालियन सिरी ‘ए’, इङ्लिस लिग कप, एफए कपजस्ता प्रतियोगिताहरूमा भिएआर प्रविधिको प्रयोग सुरु भइसकेको छ । साथै भिएआर रूसमा गत वर्ष सम्पन्न अन्तरमहादेशीय कपमा समेत प्रयोग गरिएको थियो । यसअघि भिएआर प्रविधि जडान महँगो भएको भन्दै आलोचना गर्दै आएको स्पेनिस ला लिगाले पनि आगामी सिजनबाट भिएआरको प्रयोग गर्ने भन्दै अधिकारीहरूलाई यससम्बन्धी अभ्यास दिन सुरु गरिसकेको छ ।

‘पक्कै पनि भिएआर प्रविधि हाल परीक्षणमा छ । केहीले यसको प्रयोगको प्रशंसा गरेका छन् भने केहीले यसको विरोध समेत गरेका छन्,’ इन्फान्टिनोले भने, ‘हामी भिएआरको प्रयोगले शतप्रतिशत नतिजा दिन्छ भन्ने दाबी गर्न चाहँदैनौं । हामी यसको प्रयोगपछि यसमा भएका कमीकमजोरीका बारेमा समेत अध्ययन गर्दै आवश्यक सुधार गर्न तयार छौं ।’ साथै फिफा बैठकले सन् २०१९ को यु–२० र यु–१७ विश्वकप क्रमश पोल्यान्ड र पेरूलाई लाई आयोजन गर्न दिने निर्णय समेत गरेको छ ।

‘हामी भिएआरको प्रयोगले शतप्रतिशत नतिजा दिन्छ भन्ने दाबी गर्न चाहँदैनौं । हामी यसको प्रयोगपछि यसमा भएका कमीकमजोरीका बारेमा समेत अध्ययन गर्दै आवश्यक सुधार गर्न तयार छौं ।’