श्याम ठाकुर, सिरहा– सिरहाको चोहर्वामा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । ।


ADVERTISEMENT


आज बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको स १ क १७१ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको स ३ प १४५६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा गम्भिर घाइते भएका मिर्चैया नगरपालिका ७ फूलबरिया बस्ने अन्दाजी २४ वर्षीय रामप्रताप यादवको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले जनाएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, मोटरसाइकलमा सबार सोही स्थानका अन्दाजी २३ वर्षीय उदयचन्द्र यादवको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि काठमांडौ रेफर गरिएको प्रहरीले जनाएको छ ।

बिरोधमा चक्काजाम र तोडफोड

ट्रिपरको ठक्करले एक जनाको मृत्यु र एकजना गम्भिर घाइते भएपछि आक्रोशित स्थानियहरुले पुर्बपश्चिम राजमार्गको चोहर्वा सडकखण्डमा चक्काजाम गरेका थिए । चक्काजामको क्रममा काठमाडौंबाट पूर्वतिर जाँदै दुई बटा माइक्रोमा समान्य तोडफोड भएको बताईएको छ ।

घटनापछि मिर्चैया प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिएको छ ।