काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएकी हुन् ।


ADVERTISEMENT


सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली पछिल्लो समय विवादमा आएपछि राष्ट्रपतिलाई कसले सपथ खुवाउने भन्ने मत विभाजन भएको थियो । तर, राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीश पराजुलीलाई राष्ट्रपतिको सपथका लागि बुधबार बिहानै राष्ट्रपति भण्डारीलाई सपथका लागि निम्तो पठाएको थियो ।


ADVERTISEMENT

# # #


राष्ट्रपति कार्यलयको निम्तो अनुसार प्रधाननयायाधीश पराजुलीले नै बुधबार ४ बजे राष्ट्रपतिको शपथग्रहण गराउने तयारी गरेका छन् । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । ‘नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रधानन्यायाधीशबाट सपथ लिदै हुनुहुन्छ’ राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए ।