काठमाडौँ — यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ ।


ADVERTISEMENT


स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।


ADVERTISEMENT

# # #


विमानमा ७६ यात्रु रहेको बताइएको छ। उद्दार कार्य जारी छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, काठमाडौंकाअशिस रंजित रदिनेश हुमागाईको उपचार भइहरहेको छ ।

उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकाहरु गम्भिर रहेको त्यहाँ रहेका हाम्रा संवाददाताले उल्लेख गरेका छन् । अधिकांश बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।