अमेरिका–कैलालीमा बोक्सीको आरोपमा राधा चौधरीमाथि भएको दुव्र्यबहारको अमेरिकाकामा रहेका महिलाअधिकारबादी संघसंस्थाले विरोध जनाएका छन् ।


ADVERTISEMENT


अन्तरािष्ट्रय महिला दिवसका अवसरमा नेपाल महिला संघ (आन्वा) वाशिंगटनले गरेको कार्यक्रममा सहभागिहरुले विरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


अधिकांश वक्ताहरुले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टासम्म निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हरेको ,ताली पड्काएको ,पत्रकारहरु समेत रमिते भएको र भिडियो खिचेर संवेदनहीनता प्रदर्शन गरेको भन्दै दुख व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले राधा चौधरी कुटिँदा रमिते बनेकाहरुप्रति आक्रोश पोखे ।

कार्यक्रममा आन्वाकी पूर्व अध्यक्ष बिष्णु कुमारी थापा, अधिवक्ता बन्दिता शर्मा दाहाल, संचारकर्मी विजय थापाले कैलाली घटनाको विरोध गरेका थिए ।