काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् ।


ADVERTISEMENT


विश्वासको मत माग गर्नेक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले आफू विश्वासको मत लिएर दमनकारी शासक हुन नखोजेको पनि बताए । ‘दमनकारी शासक होइन, सुशासन दिने शासक हुन चाहन्छु,’ उनको भनाइ थियो, ‘सरकार विकासको अग्रणी हुन्छ, भ्रष्टाचार विरोधी हुन्छ, सदाचारको अभियन्ता हुन्छ ।’

विपक्षी कांग्रेसलाई संकेत गर्दै ओलीले आफूले विगत र वर्तमानमा विश्वास गर्नै नहुने कुनै काम नगरेको भन्दै मत मागे । ‘मलाई विश्वास नगरेर संसदको कुन हातले कता भोट देला र ?,’ उनको भनाइ थियो, ‘प्रतिपक्षले सत्तापक्षलाई भोट दिन मिल्छ, २ नम्बर प्रदेशमा एमाले माओवादी विपक्षमा छन् तर मत दिएका छौं ।–आजको कान्तिपुर दैनिकबाट