काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित सांसदको दुई तिहाई बहुमत पाएका छन् । सोमबार संसदमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गर्न राखेको प्रस्तावको पक्षमा दुई तिहाई मत आएपछि सभामुख कृष्णबहादुर महराले बहुतले विश्वासको मत पारित भएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


ओलीले संसदमा उपस्थित सांसदको दुई तिहाई बहुमत पाएका हुन् । संसदमा जम्मा २८६ जना सांसद उपस्थित भएका थिए । जसमध्ये प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको थियो । जुन दुई तिहाई बहुमत हो । यस्तै विपक्षमा जम्मा ६० मत परेको थियो ।


ADVERTISEMENT

# # #


ओलीलाई एमाले, माओवादी, मधेशवादी पार्टी तथा अन्य पार्टीले समर्थन गरेका थिए । यस्तै उनको विपक्षमा नेपाली कांग्रेस रहेको थियो ।

अब प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न पाइने छैन । संविधानमा व्यवस्था गरे अनुसार अनले स्वेच्छाले राजीनामा दिएमा बाहेक सांसदले उनलाई अविश्वासको प्रस्तावले पदमुक्त गर्न सक्ने छैनन् ।

अविश्वासको प्रस्ताव सम्बन्धी संविधानको धारा १०० को उपधारा ४ मा भनिएको छ, ‘प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरू मध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् । तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्ष भित्र अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।’

संसदको अब अर्को बैठक चैत्र २ गते बस्नेछ ।