काठमाडौं– फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलीमा बोक्सीको आरोपमा कुटीएकी किशोरीको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । घोडाघडी नगरपालिका ५ देउकलीकी १८ वर्षीय किशोरी राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको कुटपिट क्रूर, अमानवीय र घृणित कार्य भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT


घटनापछि आयोगको टोलीले धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुगी घाइते किशोरीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएको थियो । हाल घाइतेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको विज्ञप्तिमा उल्लेख छ । अस्पताललगत्तै आयोगको टोलीले घटनास्थल पुगेर घटनाबारे समेत जानकारी लिएको थियो ।


ADVERTISEMENT

# # #


पीडित परिवार असुरक्षित

आयोगको अनुगमनमा घटनापछि पीडक पक्षले पीडित पक्षलाई कहीँ कतै उजुरी नगर्न धम्की दिएको पनि आयोगको विज्ञप्तिमा उल्लेख छ । पीडक पक्षको धम्कीपछि पीडितको परिवार त्रसित रहेकाले उनीहरुको सुरक्षाको व्यवस्था गर्न धम्की दिने व्यक्तिको पहिचान गरी कारबाही गर्न पनि आयोगले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । साथै घटनाको कारबाही प्रक्रिया सम्बन्धमा आयोगलाई जानकारी गराउन समेत आयोगले आग्रह गरेको छ ।

नेपालको संविधानले यातना र शोषणलाई बर्जित गरेको छ । साथै बोक्सी सम्बन्धी ९कसूर र सजाय० ऐन २०७२ ले बोक्सीको आरोप लगाएर शारीरिक र मानसिक यातना दिनेलाई सजायको व्यवस्था गरेको छ । अतः अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम सजाय दिलाउन तथा कुटपिटबाट घाइतेको निःशुल्क र प्रभावकारी उपचार गराउन आयोग आग्रह गर्दछ’ आयोगकी प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।