काठमाडौं–इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो ।


ADVERTISEMENT


राईको शनिबार साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको बताइएको छ । राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

माछा मार्न ब्लास्टिङ बनाउने क्रममा विष्फोट भएर नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।