काठमाडौँ– प्रदेश नम्बर ५ को प्रतीक चिन्ह (लोगो) बनाउनका लागि सार्वजनिक सूचना जारी गरिएको छ। प्रदेशसभाले गठन गरेको मस्यौदा निर्माण समितिको बिहीबार बसेको पहिलो बैठकले खुल्ला प्रतिष्पर्धाबाट लोगो छनोट गर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको हो।


ADVERTISEMENT


रुकुमको सिस्ने हिमाल, धान र जौंका बाला, बुद्ध जन्मस्थल लुम्बिनीको शान्तिद्वीपसहित १२ जिल्लाका भाव र लैंगिक समानतासहितको लोगो बनाउन खुला प्रतिष्पर्धा गराएको हो ।


ADVERTISEMENT

# # #


लोगो निर्माणको लागि १५ दिनको समय दिइएको छ । उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपैयाँ दिने निर्णय पनि समितिले गरेको छ। मस्यौदा समितिले लोगो पारित गरेर संसदमा पठाउने छ ।