काठमाडौँ– जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । निरन्तर विकेट गइरहेको नेपालको लागि कप्तान पारस पनि आट भएका छन् । उनी ६३ रनमा आउट भएका हुन् ।


ADVERTISEMENT


बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर नेपाल ब्याटिङ गरिरहेको छ ।


ADVERTISEMENT

# # #


नेपाललाई सम्हाल्ने क्रममा कप्तान पारस खड्काले अर्धशतक पूरा गरे । उनले ६८ बलमा ५० रन पूरा गरेका हुन् । पेवेलियन फर्किनु अघि कप्तान पारसले ७५ बलको सामना गरेर ६३ रन बनाए । उनले ९ चौका प्रहार गरेका थिए ।