काठमाडौं– एनएमबी बैंकले सिंगापुरको अनलाइन प्रविधिमा आधारित बीमा सेवा एन्एमबी इन्स्योरेन्सको शुरुवात गरेको छ ।


ADVERTISEMENT


बैंकिङ क्षेत्रमै पहिलोपटक गरिएको यो सेवाको शुरुवातसँगै अब एनएमबी बैंकमा खाता भएका वा नभएका जोसुकै ग्राहकले इन्स्योरेन्स सेवा लिन चाहेमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप्लिकेसनबाट आवश्यकताअनुसार विभिन्न कम्पनीको बीमा योजना योजना खरिद गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


सेवाको सुरुवात गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने–‘यस सेवाले ग्राहकलाई कसैको प्रभावमा नपरी स्वतन्त्र रुपमा आफ्नो आवश्यकता अनुसार विभिन्न कम्पनीको बीमा योजना सजिलैसँग तुलना गरेर खरिद गर्न सहयोग गर्नुको साथै बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्रस्थानमा पु¥याउन मद्दत गर्दछ ।’