गुल्मी–आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकिएसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् ।


ADVERTISEMENT


महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउन विभिन्न उपसमितिहरु सक्रिय भएका छन् ।महोत्सव आकर्षक बनाउन हेलिकोप्टरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ ।


ADVERTISEMENT

# # #


गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले महोत्सवमा हेलिकप्टरमार्फत गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकीय, धार्मिक स्थलहरुको दृश्याबोलकन गर्न सकिने बताए ।

आयोजकले हेलिकोप्टर उडानका लागि सदरमुकाम तम्घासनजिकैको जडजुरामा हेलिप्याड बनाउने तयारी गरेको छ । त्यस्तै महोेत्सवमा साँस्कृतिक कार्यक्रमअन्र्तगत दोहोरी गीत प्रतियोगिता समेत राखिने भएको छ ।