बागलुङ–जिल्लाको बडिगाड गाउँपालिका वडा १० निगलपानीमा डोजर माथि ढुङ्गा खस्दा चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको छ ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डोजर माथी ढुङ्गा खसेको बताएको छ ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा डोजरका चालक तमानखोला गाउँपमलिका ५ खुंखानीका ३२ बर्षका प्रेम श्रीपाली र ढोरपाटन नगरपालिका ४ खुंगाका ३२ बर्षकै गिर प्रसाद फगामी रहेको रानाले बताए ।

दिउसो ३ बजेको समयमा गंगरे हुदै भिमगिठे जोड्ने मोटर बाटो खन्दै गरेको अवस्थामा एकासी माथीबाट ढुङ्गा खस्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन ।

रानाको अनुसार डोजर सँगै रहेका सहचालक फगामीको शव निकालिएपनि चालक श्रीपालीको शव भने पुरिएकाले मेसिन ल्याएर मात्र निकालिने बताए । शव निकालेपछि बुर्तिबाङ स्वास्थ्य केन्द्रमा पोष्टमार्टम लागिने उनले बताए ।