काठमाडौं – प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा बोल्दै आएका डा. गोविन्द केसीलाई अदालतको अपहेलना मुद्दामा सर्वोच्चले अदालत उपस्थित हुन आदेश दिएको छ । सो आदेश भने आज मंगलबार बसेको प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले दिएको हो ।


ADVERTISEMENT


प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा प्रश्न उठाउँदै निवेदन दर्ता गराउन पुगेका डा. केसीविरुद्ध परेको अवहेलना मुद्दाको सुनुवाई आफ्नै इजलाशमा गर्दै प्रधानन्यायाधीश पराजुलीले डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेका हुन् ।


ADVERTISEMENT

# # #


गोविन्द बोहोराले फागुन १६ गते डा. केसी विरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता गराएका थिए । दायर मुद्दामा डा केसीले अदालतलाई होच्याउने र प्रधानन्यायाधीशलाई अपराधी, माफिया र डनजस्ता शब्द प्रयोग गरी अदालतको अपहेलना गरेको उल्लेख गरिएको छ ।