बैतडी – जिल्लाको दशरथचन्द नगरपालिका ४ र ९ को सीमाना पर्ने कोटकला जंगलमा भालुले आक्रमण गर्दा एक महिला गम्भीर घाइते भएकी छिन् ।


ADVERTISEMENT


बाखा्र चराउनका लागि जंगल गएकी दशरथचन्द नगरपालिका ४ की ४५ वर्षीय झुपा पाण्डेय घाइते भएकी हुन् । घाइते पाण्डेयको घाटी, हातखुट्टामा गम्भीर चोट लागेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए ।


ADVERTISEMENT

# # #


घाइते पाण्डेयलाई उपचारका लागि स्थानीय अस्पतालमा पुर्याइएको छ ।