काठमाडौं– सप्तरीका ७ जनाको हत्या गरी फरार रहेको अभियोगमा सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हत्या अभियोगमा सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका मो.सकिल हुसेन कतारबाट पक्राउ गरेका हुन् । कतारमा पक्राउ गरेलगतै उनलाई काठमाडौं ल्याइएको छ ।


ADVERTISEMENT


हुसेनलाई इन्टरपोल नेपालको समन्वयमा कतारबाट पक्राउ गरी इन्टरपोल कतारबाट खटिएका प्रहरी अधिकृतको साथ आइतबार नेपाल ल्याइएको हो । प्रतिवादी हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट सन् २०१५ जुन २२ मा रेडक्रनर नोटिस जारी भएको थियो । हुसेनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #