रामचन्द्र पाण्डे, काठमाडौँ– जिम्बाबेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले आफ्नो इतिहासकै सबैभन्दा धेरै चुनौति पाएको छ । आयोजक जिम्बाबेले नेपालसामू ३८१ रनको विहाल चुनौति दिएको हो । जिम्बाबेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० बनायो ।


ADVERTISEMENT


नेपाली क्रिकेट इतिहासकै सबैचन्दा ठूलो चुनौति हो । यस अघि सन् २०१३ मा डिभिजन ३ मा अमेरिकाले नेपाललाई ३६७ रनको चुनौति दिएको थियो । यस्तै विह्व कप छनोट प्रतियोगिताको इतिहासमा पनि यो ठूलो स्कोर हो ।


ADVERTISEMENT

# # #


सन् २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको सबैभन्दा ठूलो लक्ष्य हो । २००९ मा यूएईले डेनमार्कविरुद्ध ३८९ रन बनाएको थियो । यसअघि विश्वकप छनोटका लागि हुने प्रतियोगिताको नाम आईसीसी ट्रफी भनिन्थ्यो ।

बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर ब्याटिङ थालेको जिम्बावेले सुरुको ७ ओभरमा नै बिना विकेटको क्षतीमा ७७ रन बनाइसकेको थियो ।

उसका लागि ओपनरद्वय सेफज जुवाओ र सोलोमन मिरेले आक्रमक ब्याटिङ गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । सेफेजले मात्र २३ बलमा ४१ रन बनाए । उनले ४ चौका र ३ छक्का ठोके । यस्तै मिरेले ४१ बलको सामना गर्दै ५२ रन बनाए । उनले पनि ३ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै हेमिल्टन मासाकाड्जा १७ रनमा आउट हुँदा चिराग इर्भाइनले ब्रेन्डेन ट्रेलरसंग ८७ रनको बलियो साझेदारी गरे । चिरागले १ चौकाको मदतमा ६७ बलमा ३४ रन बनाए । यस्तै नेपालका लागि टाउको दुखाइको विषय ब्रन्डेन ट्रेलर र सिकन्दर राजाबीचको साझेदारी बन्यो । यी दुई जनाले १७३ रनको साझेदारी गरेपछि जिम्बावेले इतिहासकै विशाल योगफल तयार पार्न सफल भयो ।

ब्रेन्डन टेलर र सिकन्दर राजाको शतकपछि जिम्बाबेले एकै इनिङमा दुई शतक हान्ने मौका पायो । टेलरले ९१ बलमा सय रन पूरा गरे । ७ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि यस्तै सबैभन्दा बढी टाउको दुखाईको विषय बन्ने खेलाडि हुन् सिकन्दर राजा । आक्रामक इनिङ खेलेका उनले मात्र ५९ बलमा नै हतक प्रहार गरे । उनले ६६ बलमा १२५ रन बनाउँदा सार्वाधिक ९ छक्का र ७ चौका प्रहार गरे । यस्तै माल्कोलर वालर(१) तथा कप्तान ग्रमी क्रिमर ४ रनमा अविजित रहे ।

यता नेपाली बलर जिम्बाबेसामू पूरै निरीह देखिए । नेपालका लागि आज सबैभन्दा महंगा साबित भएका बलर हुन् सोमपाल कामी । २ विकेट लिएपनि उनले मात्र ८ ओभरमा ८२ रन खर्चिए । वसन्त रेग्मीले १० ओभर बलिङ गर्दा ६९ रन खर्चिएर २ विकेट लिए । डेब्यु ब्वाई ललित राजवंशीले आफ्नो करियरको पहिलो विकेट लिन सफल भए । उनले १० ओभरमा ६२ रन दिएर एक विकेट लिए ।

यस्तै इन्डियन प्रिमियर लिग (आइपीएल) र क्यारेबियन प्रमियर लिग (सीपीएल) मा छनोट भएका नेपालका एक मात्र खेलाडि सन्दीप लामिछाने पनि जिम्बाबे सामू निरीह देखिए । सेफज जुवाओको विकेट लिएर नेपाललाई पहिलो सफलता दिलाए पनि अन्य विकेट भने झार्न सकेनन् । उनले ९ ओभर बलिङ गरेर ६५ रन खर्चिए ।

नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।