विराटनगर- प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन् ।


ADVERTISEMENT


विराटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उनले अब आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतको तालिम सम्पन्न भइसकेको उल्लेख गर्दै उनले निर्वाचनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको अग्रणी भूमिका रहेकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेसन गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


‘निर्वाचनमा सेना परिचालन’ बारे आफूले नबोलेको प्रष्ट पार्दै उनले काठमाडौंँबाट प्रकासित एक दैनिक यस्ता बाङगोटिङ्गो ढङ्गले समाचार बनाएर प्रकासित गरेकामा दुःख व्यक्त गरे । ‘‘सेनाको बलमा कहीँ स्थानीय तहको निर्वाचन हुन्छ, कदापि हुँदैन। ’’ उनले जोड दिए, “जनता, राजनीतिक दल र सञ्चारकर्मीको सहयोगमा निर्वाचन सम्पन्न हुनेछ, त्यस्ता समाचारको म घोर भत्र्सना गर्दछु ।”

सुरक्षाको व्यवस्था मिलाउने काम सरकारको रहेको प्रष्ट पार्दै उनले भने,“निर्वाचनमा सुरक्षाका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी खटिने छ र ‘सेना ब्याँक फोर्स’को रुपमा रहनेछ ।”

मधेसी मोर्चाअन्तर्गतका दलहरुले पनि दल दर्ता गरेकाले निर्वाचनमा सबै सहभागी हुने विश्वास व्यक्त गर्दै उनले सरकारका साथै अन्य राजनीतिक दलहरुलाई सबै दलको सहभागिताका लागि वातावरण बनाउनेतर्फ अग्रसर रहनुपर्ने धारणा व्यक्त गरे ।