काठमाडौं–नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेका छन् । संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँ बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जारकोटबाट ९ सय ८० रुपैयाँमै बिक्री गरेका हुन् ।


ADVERTISEMENT


चालू आवको कोटास्वरुप आएको ६ सय ९९ क्वीन्टल ८० केजीमध्ये सबैजसो बीचबाटोमै बिक्री भइसकेकाले अहिले डिपो रित्तै छ । व्यापारीले पचालझरना गाउँपालिकाको जारकोटबाट एक हजारसम्म स्थानीय व्यापारीको मिलेमतोमा खाद्य संस्थानका ठेकेदारहरूले बिक्री गर्ने गरेको स्थानीय पचालझरना गाउँपालिका –२ सिकुका जौन विकले बताए । “जारकोटमा खाद्य संस्थानको डिपो छैन, खाद्य संस्थानले त्यहीबाट दिने गरेर सुनेर म जारकोटमा गएँ,” उनले भने, “१ हजार रुपैयाँ दिएको थिएँ, एक बोरा चामल र दुई प्याकेट चाउचाउ दिए ।”


ADVERTISEMENT

# # #


ठेकेदारसँग मिलेमतोमा पचालभरना जारकोटका स्थानीय व्यापारी वसन्त शाहीले जाजरकोट बजारमा चामल बिक्री गर्दै आएका छन् । उनलाई विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले बिक्रीको जिम्मा दिएका हुन् । संस्थानको कालिकोट शाखाले दुईवटा फर्मलाई चामल ढुवानीका लागि ठेक्का दिएको थियो । विशाल निर्माण सेवा कालिकोटले जिल्लाको सदरमुकाम मान्मदेखि पलाँता गाउँपालिकाको थिर्पु डिपोसम्मको चामल ढुवानी जिम्मा पाएको छ । यस्तै, सिद्धार्थले सुर्खेतदेखि थिर्पु डिपोसम्म ढुवानी जिम्मा लिएको छ ।

विशाल निर्माण सेवाका प्रतिनिधि निलो तिरुवाले ६ सय ९९ क्वीन्टल ८० किलोग्राम पहिलो किस्तामा ढुवानी गरेर बिक्री गरिसकेका छन् भने सिद्धार्थका प्रतिनिधि कमल गुरुङले ७ सय ९९ क्वीन्टल ८० किलो चामल ढुवानी गरेर बिक्री गरिसकेका छन् ।–आजको कारोबार दैनिकबाट