काठमाडौं–तराई मधेसका जिल्लाहरुमा शुक्रबार धुमधामका साथ होली पर्व मनाइँदै गर्दा धनुषाको जनकपुरधाममा भने शनिबार मात्रै होली मनाइने छ ।


ADVERTISEMENT


जनकपुर क्षेत्रमा १५ दिन चल्ने मध्यमिथिला परिक्रमा सकिएको भोलिपल्टमात्र जनकपुरमा होली मनाउने परम्परा छ । त्यही परम्पराअनुसार एक दिन ढिलो गरी जनकपुरमा होली मनाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


मध्यमिथिला परिक्रमाको अन्तिम दिन जनकपुर परिक्रमा गरेपछि होली सुुरु हुने परम्परा छ । बिहीबार मध्यरातबाट मिथिला परिक्रमा सुरु भई शुक्रबार समाप्त हुन्छ । त्यसैले परिक्रमा सकिएको भोलिपल्ट अर्थात् शनिबार मात्र होली मनाइने भएको हो ।

जनकपुर क्षेत्रमा शनिबार फागुन शुक्ल पूर्णिमाका दिन रङ हालेर, मीठो परिकार खाएर यो पर्व मनाउने गरिन्छ । यसैबीच जनकपुरको मध्यमिथिला परिक्रमालाई मध्यनजर गर्दै धनुषा सुरक्षा समितिले जनकपुर नगर क्षेत्रमा शुक्रबारसम्म मासु, मदिरा बिक्री वितरणमा निषेध गरेको छ ।