काठमाडौं–प्रदेशसभामा कर्णालीलाई गरिबको संज्ञा दिँदै भाषणको सुरुवात गर्ने सांसदले संसद् सुरु भएको महिना दिन नपुग्दै एक–एक लाख पेश्की बुझेका छन् । सांसदको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी ऐन नबन्दै प्रदेशसभा सचिवालयले प्रतिसांसद् एक–एक लाख पेश्की उपलब्ध गराएको छ ।


ADVERTISEMENT


प्रदेशसभा सचिवालयका अनुसार ३० भन्दा बढी सांसदले पेश्कीबापत उक्त रकम बुझिसकेका छन् । सचिवालयले सांसदहरुको आवास व्यवस्थापनका लागि उक्त रकम वितरण गरेको जनाएको छ । तर प्रदेश राजधानी वीरेन्द्रनगरमै घर हुने सांसदहरुले समेत पेश्की रकम बुझेका छन् ।


ADVERTISEMENT

# # #


सचिवालयले आवस व्यवस्थापनका लागि उक्त रकम वितरण गरेको जानकारी दिएको छ। तर पेश्की लिने सांसदको विववण भने सचिवालयले दिन मानेको छैन । राजिनामा दिएर फिर्ता लिएका मगुका सांसद चन्द्रबहादुर शाहीले समेत पेश्की लिएका छन् ।–आजको कान्तिपुर दैनिकबाट