काठमाडौं–प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले निर्वाचित भएको प्ररमाणपत्र पाउन र सपथग्रहण कार्यक्रममा उपस्थित हुन आवस्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन् ।


ADVERTISEMENT


कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले  कारागारबाटै २० फागुनमा हुने सपथग्रहणमा उपस्थिति हुन पाउँ भन्दै निवदेन दर्ता गराएका छन् ।


ADVERTISEMENT

# # #


कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीले निवदेदन दर्ता गराएको पुष्टि गरे। उनको निवेदन संघीय संसद सचिवालयमा पठाउने प्रशासनको तयारी रहेको छ।

चौधरी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।-आजको राजधानी दैनिकबाट