काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ सरकारी निवास लहानको ग्रामीण चोकबाट उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


मानव अधिकार तथा वातावरण विकास केन्द्र (होरेन्डेक) लहानका एक कर्मचारीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


होरेन्डेकलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम दिएको छ । होरेन्डेकका एक कर्मचारीले भने, ‘कार्यक्रमका लागि घरेलुले ६० लाख बजेट छुट्याएको छ । तत्काल २० प्रतिशत रकम निकासा दिएपछि प्रमुख कर्णले कमिसन माग्दै आएका थिए ।’ कर्णले कुल बजेटको १० प्रतिशत कमिसन मागेपछि अख्तियारलाई खबर गरिएको थियो ।

कर्णले आफुले कुनै रकम नमागेको र आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् । ६ वर्षदेखि घरेलुमा काम गरेका कर्णले आफू निर्दोष रहेको दाबी गरेका छन् ।