काठमाडौं–नाता प्रमाणित सामान्य प्रक्रिया हो । यसका लागि कुनै शुल्क तिरिराख्नु पर्दैन । तर आमाको नागरिकता बनाउन जुटेका छोराहरुसँग नाता प्रमाणितका निम्ति कपिलवस्तु कृष्णनगर नगरपालिका ६ का वडाध्यक्षले भने १ बिघा जग्गा मागेका छन्। कर्मगाउँकी दलारमती कुर्मी नाता प्रमाणित गराउन जाँदा वडाध्यक्षले एक विघा जग्गा मागेको उनका छोरा सोमइ कुर्मीले आरोप लगाए।


ADVERTISEMENT


कृष्णनगर नगरपालिका–६ का वडाध्यक्ष देवानन्द शुक्लाले नाता प्रमाणित गर्न एक बिघा जग्गा दिनुपर्ने सर्त राखेका हुन् । वडाध्यक्ष शुक्लाले कर्मागाउँकी दुलारमती कुर्मीसँग नाता प्रमाणितकै लागि १ बिघा जग्गा मागेपछि हुन नससकेको उनका छोराले बताए।


ADVERTISEMENT

# # #


‘वडाध्यक्षले नाता प्रमाणित गर्न १ बिघा जग्गा माग्नुभयो,’ कुर्मीका छोरा सोमइले भनेका छन्, ‘हामीले जग्गा दिन सकेनौं । त्यसैले सिफारिस रोकिएको छ ।’ गाउँ विकास समिति हुँदादेखि नै नागरिकता बनाउन प्रयास गरेको तर नबनेको गुनासो उनको छ । ‘बुढेसकालमा नागरिकता बनाऊँ भन्ने धोको थियो, अधुरै रहने भयो,’ कुर्मीले भनिन् ।

वडाअध्यक्ष शुक्लाले भने आफ्ना बाबुले कुर्मी परिवारलाई दिएको जग्गा मागेको बताएका छन्। –आजको अन्नपुर्ण पोष्टबाट