म्याग्दी– महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले परिवर्तनको महशुस गर्ने गरी सेवा प्रवाह गर्न म्याग्दीका कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिएकी छन् ।


ADVERTISEMENT


बेनीमा बुधबार महिला तथा बालबालिका कार्यालयको भवन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले सो निर्देशन दिएकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले परिवर्तित राजनितिक परिवेशलाई आत्मसात गर्दै पुरानो संस्कार, ब्यवहार, कार्यशैली र चिन्तनबाट मुक्त भएर काम गर्न समेत निर्देशन दिइन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै उनले भनिन्– “अबको पाँच वर्षसम्म रहने यो सरकारले जनताको अपेक्षा अनुसार परिवर्तन, देशको विकास र आर्थिक सम्बृद्धीलाई जोड दिएर नीति, योजना तथा कार्यक्रम ल्याउँछ” मन्त्री थापाले भनिन “सरकारको लक्ष्य पुरा गर्न कर्मचारीहरुले ईमान्दारीताका साथ कार्यशैली र ब्यवहार परिवर्तनका लागि त्याग गर्न आग्रह गरेकी थिईन ।” कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र प्रजिअ कृष्णप्रसाद अधिकारीले समेत मन्तब्य व्यक्त व्यक्त गरेका थिए ।