काठमाडौं–सरकारमा सहभागिताका लागि फोरम–एमालेबीच बुधबार निर्णायक वार्ता हुने सम्भावना छ । वार्तामा दुई पक्षबीच सहमति जुटे फोरम सरकारमा सहभागी हुने संघीय फोरमका सहअध्यक्ष राजेन्द श्रेष्ठले बताए ।


ADVERTISEMENT


‘छलफल सहमतिनजिक छ, हामीले सरकारसँग राजनीतिक प्रतिबद्धता खोजेका छौं, त्यसमा समझदारी जुटे हामी सरकारमा सहभागी हुन्छौं,’ श्रेष्ठले भने ।


ADVERTISEMENT

# # #


वाम गठबन्धनले फोरमलाई सरकारमा ल्याउन चाहे पनि फोरमसँगै गठबन्धनमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा)लाई भने सरकारमा नल्याउने भएका छन् । राजपासँग नीति नै नमिल्ने भएका कारण गठबन्धनले उसलाई सरकारमा ल्याउन चाहेको छैन ।

‘राजपालाई सरकारमा आउने वा ल्याउने कुरा हुँदैन,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘प्रारम्भिक छलफल सबै राजनीतिक शक्तिबीच हुने नै भयो । तर, संघीय समाजवादीसँग जुन स्तरमा र महत्वपूर्ण ढंगले छलफल भएको छ, राजपासँग त्यो स्तरको छलफल भएको छैन र हुँदैन पनि। उससँगको नीति मिल्दा पनि मिल्दैन।’-आजको अन्नपूर्ण पोस्टबाट